डडेल्धुरामा अनसनरत केसीको पक्षमा माइतीघरमा प्रर्दशन


काठमाडौं – डडेल्धुरामा सत्रौं अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले डाक्टर केसीको अनसन सत्रौं चरणसम्म आइपुग्दा विभिन्न पात्र र प्रवृत्तिहरु देखिएको बताएका छन् । पछिल्लो समय चर्चामा आएका बसरुद्दिन अन्सारीलाई सरकारले नै संरक्षण र पुरस्कृत गरेको भन्दै विरोध गरिएको छ ।

‘अर्ब ठग्ने अन्सारी, संरक्षण सरकारी’, प्रदर्शनकारीले नारा गराए । अन्सारी बिरगंजस्थित नेसनल मेडिलक कलेजका सञ्चालक हुन्।

बढी शुल्क लिएको भन्दै विद्यार्थी गरेको प्रदर्शनमा उनले हस्तक्षप गरेको र विद्यार्थीलाई बन्दक बनाएको भन्दै केही समयअघि समाचार सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement