एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा, ‘ब्रेक शु’ बरामद


काठमाण्डु- राजस्व अनुसन्धान विभागले बुधबार सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा छापा मारेको छ ।

विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाण्डु महानगरपालिका १६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेको हो ।

गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरिएको जनाइएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement