संचारमन्त्रीको गुनासो : मलाई फिल्म क्षेत्रले बालै दिएन !


काठमाडौं – सुचना, संचार तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र  क्षेत्रले आफुलाई चासो नदिएको गुनासो गरेका छन् ।

चलचित्र संघको साधारण सभामा बोल्द्र उनले चलचित्र क्षेत्रले आफू जस्तो मन्त्री पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै आजसम्म २ जना फिल्म कर्मीले मात्र फिल्म हेर्न बोलाएको बताए । ‘वर्षमा कतिवटा फिल्म रिलिज हुन्छन् ? मलाई आजसम्म २ जना फिल्मकर्मीले मात्र फिल्म हेर्न बोलाउनु भएको छ,’ उनले भने, ‘मलाई फिल्म क्षेत्रले बालै दिएन ।’

उनले फिल्म क्षेत्रले आफुजस्तो मन्त्री पाउनु गर्भको कुरा भएको बताउँदै भने, ‘म जस्तो मन्त्री पाउनु चलचित्र क्षेत्रको लागि खुसीको कुरा हो । मैले त चलचित्र क्षेत्रमा धेरै चासो राखिरहेको हुन्छु । यसको विषयमा बोलिरहेको हुन्छु । अन्य मन्त्रीहरुले त यसरी चासो दिएको पत्तो छैन् ।’
उनले आगामी दिनमा फिल्म क्षेत्रको लागि र फिल्मकर्मीको लागि राम्रो काम गर्ने र राम्रो कानुनी व्यवस्था ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement