गोकुल बाँस्कोटाको प्रतिक्रियाः के को दिपावली हो ?


काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता गोकुल बाँस्कोटाले राजनीतिले संसदमा असर गरेको बताएका छन् ।

संसद पुनःस्थापनापछि सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले राजनीतिले संविधानलाई असर नगर्ने बताएका छन् । उनले राजनीति आ–आफ्नै तालसुरमा चलिरहने बताउँदै के को दिपावली के को रुवाबासी ? भन्दै बाँकी हेर्दै जाने बताए ।

‘राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन । त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि । राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement