१ किलो सुन लुटियो प्रकरण : आफ्नै संस्थाको सुन पचाउन सुन लुटिएको नाटक


काठमाडौ – दाङका सुन व्यवसायी ४२ वर्षीय खड्ग बहादुर सुनार बुधवार आफ्नो सुन लुटिएको भन्दै प्रहरीलाइ फोन मार्फत उजुरी दिएका थिए । बुधवार राति काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरबाट सुनारले आफ्नो १ किलो सुन र २ लाख १७ हजार रुपैयाँ लुटिएको खबर गरेका थिए ।

राजधानीमै सुन लुटिएको उजुरी परेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए। बुधवार साँझबाट नै प्रहरी लुटेराको खोजीमा लागिहाल्यो ।

होटेलको कोठा नम्बर २०२ मा पाँच दिनदेखि बस्दै आएका सुनारले बुधवार मात्र न्यूरोडको सिद्धार्थ बैकबाट १ किलो सुन निकालेका थिए। रातभरिको अनुसन्धान पछि सुन भेटियो। सुन गोंगबुस्थित बिजी मलमा लुकाइएको थियो। प्रहरीले अन्य चार जनालाई समेत समात्न सक्यो।

सुनवारले नलुटिएको सुन लुटिएको भन्दै प्रहरीमा उजुरी दिएर नाटक मात्र गरेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, सुन लुटिएको भन्ने कुरा योजना मात्र रहेछ। उनी आफ्नै योजनामा अरूलाई सहयोगी बनाएर सुन लुटिएको नाटक रचेका रहेछन्।

सुनवार दाङ सुन व्यवसायी समितिका सदस्य हुन्। उनलाई समितिले नै रकम दिएर काठमाडौँ सुन किन्न पठाएको थियो। सुन लुटिएको भनेर हल्ला फैलाएर सुन आफ्नै हुने र समितिमा पैसा तिर्नुनपर्ने भएकाले उनले नाटक गरेको अनुसन्धानमा खुलेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement