सिनामंगलबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम


काठमाण्डु- मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गालिएपछि जोखिएको सुन ६० केजी ७१६ ग्राम रहेको पाइएको हो । जसलाई ३४ वटा बिस्कुट बनाइएको छ । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई दिएको थियो। उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement