यी हुन् सुन तस्करी गर्न खाेलिएका ७ कम्पनी (मालिककाे नामसहित)


काठमाण्डु- सुन तस्करीका लागि ७ वटा कम्पनी खोलिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले वटा कम्पनी खोलेर सुन तस्करी गरेको पाइएको जानकारी दिएका हुन् ।

जसअनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी सुन तस्करीका लागि खोलिएका छन् ।

यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।

बज्राचार्यका अनुसार सुन तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलिएका थिए । ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३०२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको जनाइएको छ । यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको छ ।

company

प्रतिक्रिया दिनुहोस
Advertisement