एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँले बढेर ४९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।