काठमाण्डु – सुन जस्तो देखिने पहेंलो धातुको वाला सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने धातुको ३ वटा वालासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हाल काठमाण्डु-६ कुमारीगल बस्ने रामेछापका २५ बर्ष का सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया