काठमाण्डु– बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।
बुधबार ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।




प्रतिक्रिया