मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति ?


काठमाण्डु- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य प्रतितोला १२ सय ३० मा कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement