सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?


काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement