बुधबार सुनको मूल्य ३०० ले बढ्यो


काठमाण्डु- सुनको मूल्य प्रतितोला बुधबार ३०० ले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ मा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १२ सय ४० मा कारोबार भएको चाँदी आज १५ ले उकालो लागेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement