बुधबार सुनको मूल्य बढ्यो, तोलाको कति ?


काठमाण्डु- नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार चार सय कायम भएको छ ।

मंगलबार तोलाको ९३ हजार एक सयमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको ९२ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी यता चाँदीको मूल्य प्रतितोलामा २० ले उकालो लागेको छ । आज चाँदी तोलामा एक हजार २८० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement