सुन र चाँदी सस्तियो

सुन र चाँदी सस्तियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ घटेको छ।

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय पुगेको थियो।

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४ हजार ६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ८५ पुगेको थियो।