साढे ३३ केजी सुनकाण्ड : एसएसपी लोहनीसहित पक्राउ परेका तीसै जनासँग बयान लिइयो


काठमाडौं– साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनासँग अदालतले बयान लिएको छ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालका अनुसार गत बिहीबारदेखि शुरु भएको बयान लिने काम मंगलबार सकिएको हो।

यस घटनामा सनम शाक्यको हत्याका आरोपी ६ जना र सुन तस्करीका साथै अपहरण तथा शरीर बन्धकलगायत मुद्दामा प्रहरीका अवकाशप्राप्त एक उच्च पदाधिकारी र हाल निलम्बित छ प्रहरी पदाधिकारी गरी सात, एयरलायन्सका कर्मचारी र सुनका व्यापारीमाथि बिहीबारदेखि थुनछेकको बहस शुरु हुनेछ।

सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिइएको हो।

मुद्दा दायर भएकामध्ये ३० पक्राउ परेपनि ३३ जना फरार रहेका छन्।

जसमध्ये प्रहरी अधिकारी रहेका छन्। पूर्वप्रहरी नायब महानिरिक्षक गोविन्दप्रसाद निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षकत्रय सञ्जयबहादुर राउत, प्रजित केसी र बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर भएको छ। लोहनी गत बुधबार मात्र पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement