३३ किलो सुन तस्करी प्रकरण : गोरेसँगै ६ जनाले पाए जन्मकैदको सजाय


काठमाण्डु – साँढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती गोरेलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरणमा भरिया शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो ।उनीसहित ८ जना दोषी ठहर भएका छन् भने अन्य सबैले सफाइ पाएका छन् ।

हत्यामा जन्मकैदको सजाय पाउनेमा गोरे भनिने उप्रेतीसँगै टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । २०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएसँगै सुन हराएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement