सुनको मूल्य ३०० रुपैयाँले घट्यो


काठमाण्डु – सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement