बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सयले उकालो लागेको छ ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार पुगेको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार स्थिर देखिएको चाँदीको मूल्य पनि बिहीबार भने प्रतितोला २५ ले उकालो लागेको छ । चाँदी प्रतितोला १२३५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement