शुक्रबार सुनको मूल्य २ सयले बढ्यो


काठमाण्डु- नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँचले उकालो लागेको छ। चाँदी तोलाको १२६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement