आइतबार सुनको मूल्य कति छ ?


काठमाण्डु- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदी भने प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement