साताको पहिलो दिन सुनको भाउ बढ्यो


काठमाण्डु – साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज १ सय रुपैँयाले बढेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement