काठमाण्डु– नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया