सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


काठमाण्डु – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला २००ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement