एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, चाँदीमा पनि उच्च वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेको हो ।

हिजो ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।