सुन चाँदीको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?


काठमाडौं – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्रा्ष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement