सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा शुक्रबाार सुनचाँदीको मूल्य बढेको छ ।

छापावाल सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र असली चाँदी १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो ।