सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम – ‘सुदूरपश्चिम खप्तड गोल्डकप’को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।

आईतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।

क्लबका महासचिव प्रकाश शाहीले फूटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फूटबलप्रतिको आकर्षण बढाउने र सुदूरपश्चिममा खेल पर्यटनको विकास गर्ने प्रतियोेगिताको लक्ष्य रहेको उनको भनाइ थियो ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगितामा अन्तरराष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता धनगढी रंगशालामा हुने उनले बताए ।

क्लबले विक्रम संवत् २०७३ सालदेखि यहाँ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार तथा ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।