गोंगबु जोजो अपरेशनः कसरी सम्भव भयो छोराछोरीको आँखै अगाडि यस्तो क्रुर हत्या ?


निशेष खनाल

काठमाण्डु – प्रहरीले रोल्पाका कृष्णबहादुर बोहराका हत्यारालाई सार्वजनिक गरेको छ । आइतबार गोंगबुमा मृत भेटिएका बोहराको हत्यामा संलग्न भएको आरोपमा कल्पना मडवारी पौडेल र उनकी कक्षा १० मा अध्यनरत १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको हो । उनकी छोरी एसईईको तयारीमा थिइन् ।

प्रहरीले ‘जोजो अपरेशन’को नाम दिएको उक्त घटना यौन विषयसँग जोडिएको निष्कर्ष निकालेको छ ।

साउन १५ गते बिहान करिब ७ बजे टोखा नगरपालिका–१० गोंगबु वनज्योती मार्गमा कालो रंगको सुटकेशबाट रगत आइरहेको जानकारी पाउनासाथ पुगेको प्रहरी टोलीले टाउको बिनाको शव फेला पारेको थियो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डुको संयुक्त टोलीले ह्याण्डल गरेको उक्त घटना चितवनस्थित कालिका नगरपालिका–७ की कल्पना पौडेले घटाएको निष्कर्ष निकालेको थियो ।

सोमबार चितवनबाट पक्राउ परेकी महिलालाई काठमाण्डुमा आज सार्वजनिक गरिएको हो ।

को हुन् कल्पना ?

सामान्य लेखापढी गर्न सक्ने कल्पना गृहणी र केही टेलिश्रृंखलाहरुमा अभिनय गर्दै आइरहेकी थिइन् । उनको श्रीमानको घर चितवन कालिका नागरपालिका– ७ नम्बर वडामा रहेको छ ।

उनी छोराछोरीलाई पढाउनका लागि काठमाण्डुमा बस्दै आएकी थिइन् । उनको माइती सोही नगरपालिकाको–९ नम्बर वडा अर्थात शक्तिखोरमा रहेको छ । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

प्रहरीले अनुसन्धानमा के तथ्य फेला पार्यो ?

आइतबार बिहान रातो प्लाष्टिकले बेरेको उक्त शव कालो रंगको शुटकेशभित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला पारेको थियो । त्यसपछि तत्काल जोजो नामको कुकुर परिचालन गर्दा टाउको र खुट्टा पोको पारेको अवस्थामा सुटकेशभन्दा ३ सय मिटर पूर्वउत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो ।

मृतकको मुहार स्पष्ट चिनिने भए पनि प्रहरीलाई मृतकको शनाखत गर्न हम्मेहम्मे पर्यो र त्यसका लागि सामाजिक सञ्जालमा सोमबार फोटो सार्वजनिक गरेको थियो ।

त्यसपछि २६ गते मृतकका मामा नाता पर्ने व्यक्तिले भान्जाको सनाखत गरेपछि प्रहरीलाई अनुसन्धान गर्न थप सहज भएको थियो ।

मृतक पुरुष रोल्पा जिल्लाको रुन्तीगढी गाउँपालिका–७ स्थायी घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएको विवरण प्रहरीले पत्ता लगायो । प्रहरीले मृतक पुरुष उक्त होटलमा ८ महिनादेखि बस्दै आएका तथ्य फेला पारेको छ ।

त्यस्तै प्रहरीले मृतक र अभियुक्त महिला करिब ४ वर्षदेखि चिनजानमा रहेको खुलेको छ । उनीहरुबीच सामाजिक सञ्जाल फेसकुबमार्फत चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

बोहराले बेलाबेलामा महिलाको कोठामा आएर भेट गर्ने गरेको खुलेको छ । महिलाले बोहराले फेक आइडी चलाएर नग्न तस्बीरहरु सार्वजनिक गरेपछि हत्या गरेको प्रहरीलाई बयान दिएकी छिन् ।

हत्या भएको दिन बोहरा होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरबाट महिलाको कोठमा आएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसपछि महिलाले बोहरालाई दही चिउरा, मासु र भोड्का खान दिएकी थिइन् । उक्त खानेकुरासँगै महिलाले दहीमा ५ वटा निन्द्रा लाग्ने औषधि अर्थात स्लिपिङ ट्याबलेट मिसाएर खान दिएकी थिइन् ।

उक्त खानेकुरा खाएपछि लठ्ठ परेर सुतेको मौकामा महिलाले फलामको मारतलले अण्डकोषमा प्रहार गरिन । त्यसपछि बोहरालाई सलको प्रयोग गरेर घाँटीमा थिचिन र मृत्यु भए नभएको यकिन गरिन । त्यसपछि धारिलो हतियार प्रयोग गरेर टाउको र खुट्टा छिनाइन् । र झोलामा प्याक गरेर बाहिर लगेर फालिन ।

त्यसपछि बोहराको बाँकी शव कालो रंगको सुटकेशमा राखेर पश्चिम बाटोको छेउमा फालेर कोठा आइन । त्यसपछि काठमाण्डुबाट भाग्न प्लान बनाइन् । उनले २५ गते राती चितवनबाट काठमाण्डु आएको एम्बुलेन्सको ड्राइभरलाई फोन गरेर चितवन लगिदिन आग्रह गरिन । त्यसपछि उनी साही एम्बुलेन्समा चितवन गइन् ।

अनुसन्धानमा खटिएको प्रहरीले बोहराको हत्या कल्पनाले गरेको र छोरी शव व्यवस्थापनमा संलग्न रहेको पत्ता लगायो र प्रहरी परिचालन गरेको थियो ।

प्रहरीले पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरेको थियो । प्रहरीले उक्त घटनाको विषय शारीरीक सम्बन्धले घटेको पत्ता लगाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट के भेटियो ?

प्रहरीले उक्त घटनामा प्रयोग भएका सामाग्री पनि बरामद गरेको छ । जसअनुसार प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसनको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्इाण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका कपडा, स्लिपिङ ट्याबलेटको खोल, मोबाइल सेट बरामद गरेको छ ।

छोराछोरीका अगाडि कसरी सम्भव भयो क्रुर घटना ?

कल्पना नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरमा तीन वटा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । उनी तीन वटा कोठामध्ये ट्वाइलेट बाथरुमसहितको कोठामा सुत्ने गर्छिन् । उनको कोठामा भएका घटना हत्तपत्त अर्को कोठामा बस्नेले थाहा पाउँदैन ।

त्यसै गरी उनका छोराछोरी भने अर्को कोठामा सुत्ने गर्छन् । साँझ खाना खाएपछि उनका छोराछोरी आफ्नो कोठामा सुत्न गए र कल्पना पनि बोहरासँगै आफ्नो कोठामा गइन् ।

त्यसपछि उक्त घटना घटेको अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए । महिलाले छोराछोरीको अगाडि हत्या गरेको होइन । उनले हत्या गरेपछि टाउको र खुट्टा फालेर आइन र मृतकको शरीरलाई बोक्न नाम्लोको प्रयोग गरिन । त्यस्तै उनले छोरीको सहयोग मागेर लासलाई बाहिर फालेर आइन ।

‘ति महिला सुत्ने कोठा सेक्रेट छ । घटना भएको दिन छोराछोरी अर्को कोठामा मोबाइलमा भिडियो गेम खेलेर बसे । उनले यता हत्या गरिन’, घटनाबारे सुनाउँदै एसएसपी थापाले भने, ‘महिलाले शब व्यवस्थापन गरिन र अन्त्यमा मात्र छोरीलाई बोलाएको देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement