गोंगबुमा टाउको काटेको शव सुटकेशभित्र भेटियो


काठमाण्डु – गोंगबुमा टाउको काटेको अवस्थामा शव फेला परेको छ । आइतबार बिहान गोंगबु नजिकै रहेको गणेशस्थानमा गंगोलियन मूलका ४०/४५ वर्षका पुरुषको शव झोलामा फेला परेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनले परिचय नखुलेका कारण थप विवरण थाहा हुन नसकेको जानकारी दिए । घटनास्थलमा पुगेका एसएसपी थापाले स्थानीय तहसँग समन्वय गरेर थप जानकारी लिने काम भइरहेको बताए ।

उनकाअनुसार उक्त खुट्टा काटेको र टाउको काटेको अवस्थामा शव फेला परेकाले हत्या भएको आशंका छ । उक्त पुरुषको टाउको एकतिर खुट्टा अर्कोतिर र शरीर सुटकेशमा भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि टिचिङ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement