काठमाण्डु – गोरखामा पहिरोले एक घर बगाएको छ ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोले एक घर बगाएको छ । लक्ष्मीबजारस्थित दिवामार्गका मानसिं गुरुङको तीन तले घर जगबाटै पहिरो गएर बगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
घर बगाउँदा सोही घरमा डेरा गरी बस्ने रौतहट कटरिया नगरपालिका–७ का ५८ वर्षीय तोखान महतो घाइते भएका छन् । घाइते महतोको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सडक छेउमा रहेको उक्त घर पहिरोले २० मिटर तल पुगेर पूर्णरुपमा क्षति भएको छ । सँगैको कृष्णदेव महोत्रको ४ तले पक्की घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया