ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा नयाँ मापदण्ड लागू, के–के परिवर्तन भयो ?


काठमाण्डु – सन् २०२२ इन्टेकका लागि ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ना खुलेको छ । सन् २०२२ का लागि बेलायत सरकारले ब्रिटिस र सिंगापुर पुलिसका लागि आवेदन खुला गरेको हो ।

कोभिड–१९ का कारण सम्भावित रेक्रुटहरु तथा ब्रिटिश गोर्खाज नेपालका कर्मचारीहरुको सुरक्षाको लागी रेक्रुट इन्टेक २२ को छनौट प्रकृयामा केहि परिवर्तन ल्याउन बाध्य भएको ब्रिटिश गोर्खाज नेपालले जनाएको छ ।

यसपटक ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ना हुन १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले आवेदन दिने पाउँनेछन् । यसअघि साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले आवेदन दिने पाउने व्यवस्था रहेको थियो ।

दर्ता प्रक्रिया ब्रिटिश आर्मी र सिंगापुर पुलिस दुबैका लागी अनलाइनबाट आवेदन दिन सकिने जनाइएको छ ।

आवेदकहरुले आवेदन फारम तथा अरु दर्ताको लागि चाहिने कागजपत्रहरु स्क्यान गरेर तथा फोटो खिचेर जुन २८ देखी जुलाई १६   भित्र अनलाइनमार्फत पेश गर्नुपर्ने बताइएको छ ।

दर्ताका लागि वेबसाइट ठेगाना २८ जुन बिहान ८ बजे ब्रिटिश गोर्खाज नेपाल वेबसाइटमा राखिने भएको छ ।

यस बर्ष निम्नलिखित मापदण्डहरु परिवर्तन गरिएको छ :

  उमेरको हक : (दुबै, ब्रिटिश सेना तथा सिंगापुर पुलिस को लागी)

०१ जनवरी २०२२ मा  न्युनतम १९ र अधिक्तम २१ बर्ष को हुनु पर्ने

ई सं 01/01/2001 देखी 01/01/2003 (बि सं १७/०९/२०५७ देखी १७/०९/२०५९) भित्र जन्मेको हुनुपर्ने

  शैक्षिक योग्यता: (दुबै, ब्रिटिश सेना तथा सिंगापुर पुलिस को लागी)

२०१६ साल सम्ममा नेपालमा एस. एल. सी. दिएको भए न्युनतम तेस्रो श्रेणीमा उतिर्ण भएको हुनुपर्ने ।

२०१६ साल पछी नेपालमा एसईई दिएको भए न्युनतम ‘सी’ ग्रेड  हुनुपर्ने । गणित र अंग्रेजीमा कम्तीमा  ‘सी’ ग्रेड अनिवार्य हुनुपर्ने ।

जिसीएसपी ओ लेभल वा अन्य एसएलसी तथा एसईई सरहको प्रमाणपत्रहरु छन भने न्युनतम ५ विषयहरुमा ‘सी’ ग्रेड अनिवार्य हुनु पर्ने । अंग्रेजी र गणितमा कम्तीमा ‘सी’ ग्रेड हुनुपर्ने ।

एसएलसी तथा एसइइ कम्पार्ट पास (प्राइभेट एस. एल. सी. र खुला शिक्षा) लाई स्वीकार गरिने छ । सिटिईभिटी (प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद) को प्रामाण पत्र स्वीकार्य हुने छैन।

३.   यदि सम्भावित रेक्रुटहरु परिवर्तन गरिएको गोर्खा रेक्रुटमेन्टको मापदण्ड भित्र नपरेमा वा दिएको समय भित्र दर्ता नगरेमा,   दर्ता स्विकार गरिनेछैन ।

४.  गोर्खा भर्ती छनौट प्रकृया निशुल्क छ, भर्ती हुनकोलागी कसैलाई पैसा दिनु पर्दैन । यदि कसैले भर्ती बनाइदिन्छु भनेर पैसा मागेमा, प्रमाण सहित BGN तथा स्थानिय प्रहरीलाई तुरुन्त खबर गर्नुहोला ।

५.  संधै मास्क लगाउनु होस्, बेला बेलामा हात धुनुहोस र २ मीटर को सामाजिक दुरी कायम राख्नुहोस ।

प्रतिक्रिया दिनुहोस
Advertisement