गभर्नर नियुक्त गर्न नसक्ने दुई तिहाइको बलियो सरकारले राष्ट्रकै बेइज्जत गर्‍यो : माओवादी

गभर्नर नियुक्त गर्न नसक्ने दुई तिहाइको बलियो सरकारले राष्ट्रकै बेइज्जत गर्‍यो : माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकको गभर्नर नियुक्त नगरेर सरकारले देशकै बेइज्जत गरेको आरोप लगाएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले दलगत स्वार्थ नमिलेर गभर्नर नियुक्त नगरेको र यसले राष्ट्रकै बेइज्जत भएको बताएकी हुन् ।

बलियो भनिएको सरकारले गभर्नर नियुक्त गर्न किन नसकेको ? भन्दै उनले प्रश्न गरेकी छन्।

उनले भनिन् : ‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होलारु गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ’ उनले भनिन्, ‘सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ।’