चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. गोविन्द केसीसँगको सम्झौता उल्लंघन


काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले नेपाली कांग्रेसको असहमतिका बाबजुद एकपक्षीय रुपमा डा गोविन्द केसीसँगको सम्झौता विधेयक पारित गरेको हो।

विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मेडिकल कलेज खुल्न पाउनेछन् । सरकारले आफूसँग गरेको सम्झौता उल्लंघन गरे अनशन बस्ने भन्दै डा. केसी इलाम पुगेका छन् । उनले १६ औँ पटकको अनशन सुरु गर्ने तयारी गरेका छन् ।

यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ। समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरे।  ‘हाम्रो अनुभवको आधारमा भन्न सकिन्छ, विधेयकले अस्तव्यस्ततालाई निरन्तरता दिएको छ’, थापाले भने, ‘हिजो अख्तियार र अदालतको दबाबमा टियू र केयूले थप सम्बन्धन दिए। अब पनि त्यो निरन्तर रहने भएको छ।’

विधेयक पास भएपछि नेकपाका नेता योगेश भट्टराईले डा गोविन्द केसीको पनि जीत भएको टिप्पणी गरेका छन्। ’संसदले डा केसीलाई पनि जिताइदिएको छ,’ ।

प्रतिक्रिया दिनुहोस
Advertisement