विमानस्थलको भीआईपी रुम प्रयोग गर्न पाउने गोविन्दाको हैसियत के ?


काठमाडौं – बलिउडका अभिनेता गोविन्दा आहुजा नेपाल आउँदा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न दिइएकोमा भूतपूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले आपत्ति जनाएका छन् ।

अहिलेसम्म नेपालका कलाकारलाई उक्त भीआईपी कक्ष प्रयोग गर्न नदिइएको भन्दै भारतीय बलाकार गोन्दिा र उनकी पत्नि सुनितालाई कुन हैसियतले उक्त भीआइपी कक्ष प्रयोग गर्न दिइएको भन्दै थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न उठाएका हुन् ।

‘हामीले नबुझेको कुराचाहिँ कुन हैसियतले बलिउड अभिनेता गोविन्दा अहुजाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष उपयोग गर्न पाए ? जवाफ पाइएला कि ? भारतमा हाम्रा कलाकारले त्यो सुविधा पाउँछन् ?’

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्न पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । यो वर्गीकरणमा कलाकारहरूलाई समावेश गरिएको छैन । तर, भारतबाट चर्चित कलाकारहरू आउँदा विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement