ग्राण्डीको निरन्तर लापरबाही. ‘सकुशल’ बच्चाको उपचारकै क्रममा मृत्यु


काठमाडौ – गलत अस्पताल छनोट गरेका कारण मैले बच्चा गुमाएँ । ग्राण्डी अस्पतालले सञ्जीव न्यौपानेको बच्चाको उपचारमा लापर्बाही गरेको थाहा हुँदाहुँदै म यहाँ आउनै नहुने । श्रीमती निशाले त भनेकी पनि थिइन्, तर मैले नै मानिनँ, सधैं त्यस्तो हुँदैन भनें । अहिले १८ दिनकी छोरीको कलिलो अनुहारले मलाई लखेटिरहेको छ ।

गएको असार २० गते निशाको कोखबाट जुम्ल्याहा छोरी सकुशल जन्मे । प्रसूति कक्षबाहिर बसेको मलाई डाक्टर आफै आएर दुवै छोरी स्वस्थ छन् भनेका हुन् । पहिलो सन्तान जन्मिएको १२ वर्ष पछि आईभीएफ सेवा लिएर दोस्रो सन्तान त्यो पनि दुईवटा पाउँदा हामी निकै खुशी भएका थियौं ।

गर्भमा दुईवटा बच्चा बढ्दै गएकाले आमालाई गाह्रो भयो भनेर डा.पवनराज पन्तको सल्लाहमा आठ महिनामा नै शल्यक्रिया गरी बच्चा निकालियो । भर्खर बच्चा एकदम राम्रो छ भनेका डाक्टरले तुरुन्तै फोन गरेर बच्चालाई आमाको होस नआएसम्म एनआईसीयूमा राख्छौं भने । निशाको होस ढिला आयो । बच्चा सकुशल छ अब्जरभेसनको लागि मात्र २४ घण्टा राख्ने हो अक्सिजन दिनुपर्दैन भने ।

भोलिपल्ट बच्चालाई आमाको क्याथेटर ननिकाली दिन मिल्दैन भने, मैले डाक्टरको कुरा पत्याएर हुन्छ भनें । अर्को दिन बच्चाको पिसाब चेक गरौं, रिपोर्ट आएपछि दिउँला भने, हरेक दिन एक एक कुरा गर्दै पैसा असुल्ने काम मात्र गरिरहे । पुनः बच्चाको रगत चेक गर्ने, ढाडबाट पानी निकाल्ने गरेर १७ दिन बिताए । १७ दिनका दिन ठूलो बच्चालाई अक्सिजन दिनुपर्ने भो भने, दुई घण्टापछि भेन्टिलेटरमा राख्नुपर्ने भयो भने । भोलिपल्ट साउन ६ गते बिहान ६ बजे नै फोन आयो, हामी दौडिएर गयौं । एनआईसियुमा पस्नासाथ ‘सरी, तपाईंको बच्चा बचाउन सकेनौं’ भने ।

यति नै बेला दोस्रो बच्चातर्फ मेरो ध्यान गयो र हेरेको त शरीरभरि घाउ नै घाउ छ । अब यो अस्पतालले बच्चाको उपचार हैन पैसा मात्र असुल्ने रहेछ भन्ने लाग्यो । तत्काल दोस्रो बच्चालाई त्यहींबाट सीधै इशान अस्पतालमा फोन गरेर लग्यौं । शरीर, हातको नाडीमा पिप जमेको रहेछ । इशान अस्पतालका डाक्टरले हेर्नासाथै बच्चाको अप्रेशन गराउनपर्छ भने । हामीले बच्चालाई दिउँसो २ बजे पुर्याएका थियौं, ४ बजे अप्रेशन गरियो । दोस्रो अप्रेशन तीन दिनपछि गरे, त्यतिबेला बच्चा चार घण्टापछि होसमा आयो । निशानमा उपचार गराएर नौ दिनको दिन बच्चा घर लग्यौं । डाक्टरहरुले नाडीको ठूलो घाउँमा टाका लगाउनुपर्छ भनेका थिए, हामीले मानेनौं ।याे खबर समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement