कानून कार्यान्वयन गर्ने सदस्यबाट नै कानून उल्लंघन भएको कदापि क्षम्य हुँदैनः गृहमन्त्री थापा


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने बताएका छन् ।

शुक्रबार ६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’

आफ्नो कुशल कार्यसम्पादन मार्फत प्रहरी संगठन अन्तर्रा्ष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे । प्रहरी संगठनको आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्नुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement