गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनालबीच कार्यसम्पादन सम्झौता


काठमाडौं – गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताए ।

उनले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गरे ।

यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्दै उनले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गरे ।

गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताए ।

उनले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा क्रियाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement