पशुपति गेष्ट हाउसमा किशोरीमाथि सामूहिक बलात्कार,दुई जना पक्राउ


काठमाडौं – काठमाडौंको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीले दैलेख घर भएकी ती किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका-१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगरलाई पक्राउ गरेको हो।

कालिकाटी बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुंवरका अनुसार कलंकीस्थित पशुपति गेस्टहाउसमा लगेर ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ। दुवैमाथि अनुसन्धान थालिएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement