गुलाव मिष्ठान्नमा लागेको आगलागीमा १८ जनाको उद्दार, अझै मानिस फसेको हुन सक्ने प्रहरीको आशंका

गुलाव मिष्ठान्नमा लागेको आगलागीमा १८ जनाको उद्दार, अझै मानिस फसेको हुन सक्ने प्रहरीको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सुनधारास्थित गुलाव रेस्टुरेन्ट र शालिमार होटलमा लागेको आगलागिमा १८ जनाको उद्धार भएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले दिएको जानकारी अनुसार उद्दार गरिएका मध्ये एकजनाको अवस्था गम्भिर छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

गुलाव रेस्टुरेन्टमा लागेको आगो सल्कदै शालिमार होटलमा पुगेको उनले बताए । भवनमा अझै फसेको हुन सक्ने र उद्दार कार्य जारी भएको उनले बताए ।

आगो नियन्त्रणका लागि नेपाली सेना, वारुणयन्त्र, नेपाल प्रहरीले  प्रयास गरिरहेको छ । के कारणले आगो लाग्यो त्यो भने एकिन हुन अझै सकेको छैन ।