गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न


काठमाण्डु – नेपालमा सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेको डिलर मिट कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, चेलेन्ज,Ignites सक्सेस नारामा सम्पन्न गरेको हो ।

दुइ दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल,गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेकाे थियो।

कार्यक्रमकाे उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पङ्क्तिबद्ध गर्ने थियो। उक्त अवसरमा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, “विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, इनोभेसनका कारण हामी नेपालकै सर्वाधिक बिक्रि हुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयासका लागि आभारी छु जसले यो सम्भव बनाएको छ चौधरीले भने,।

प्रतिक्रिया दिनुहोस
Advertisement