अन्ततः रहेनन् गुल्मीका कारोना संक्रमित, उपचारको क्रममा निधन


काठमाडौं – नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिएका छन् ।

पेशाले शिक्षक रहेका संक्रमितको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका एक युवकको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement