जनकपुरमा स्थानीय व्यापारीमाथि गोली चल्यो


धनुषा – जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियमा रहेको विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज शाहको गोली हानी हत्या भएको हो ।

स्थानीय पंकज शाहसँग पैसा माग्न जाँदा प‌ंकजले मनोजको गोली हानी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । घटनापछि प्रहरीले पंकजलाई पक्राउ गरेको छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एकरएक थान र २१ थान गोली समेत बरामद गरेको छ ।

उनीहरु स्थानीय निर्माण व्यवसायी भएको प्रहरीले जानकारी दिएको छ । मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement