विश्वविद्यालयका विद्यार्थीको पार्टीमा गोली चल्यो, २ जनाको मृत्यु


टेक्सासा – अमेरिकाको टेक्सासस्थित ग्रीनभिलमा विश्वविद्यालयका विद्यार्थीहरूको पार्टीमा गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ ।

घटनामा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । प्रहरीका अनुसार, ए यान्ड एम विश्वविद्यालयको कमर्सका विद्यार्थीहरू क्याम्पसबाट लगभग २४ किलोमिटर पर हन्ट्स काउन्टीमा होमकमिङ पार्टी गरिरहेका थिए ।

त्यसैक्रममा गोलीकाण्ड भएको हो । आक्रमणकारीलाई पक्राउ गर्न सकिएको छैन । हन्ट्स काउन्टीका शेरिफ कार्यालयले घटना भएको १५ मिनटपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement