गुण एयरलाइन्सको ढोका आकासमै खुलेपछी….


काठमाण्डु – काठमाण्डुबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाण्डु फर्किएको छ । बिहान ८ बजेका लागि तय भएको उडान पोखराको मौसममा खराबी आएपछि बिहान १० बजेर ३० मिनेटमा उडेको थियो ।

उडेको पाँच मिनेटमा नै जहाजको यात्रु चढ्ने ढोका पूर्ण रूपमा बन्द नभएको देखिएपछि काठमाण्डु विमानस्थल नै फर्काइएका गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले बताए । ति यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement