रुपन्देहीमा गोली चल्यो


बुटवल– रुपन्देहीको तिलोत्तमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्।

तिलोत्त नगरपालिका ५ मा बुधबार बेलुका अज्ञात समूहको गोली प्रहराबाट रामकेश धवल घाइते भएको प्रहरीले जनाएको छ। उनी मजदुरी गर्दै आएका थिए।

घाइते धवललाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement