नक्कली डलर साट्ने गिरोह समात्न प्रहरीले गोली चलायो


काभ्रे– प्रहरीले नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न काभ्रेमा गोली चलाएको छ।

सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले आइतबार दिउँसो करिब ३ बजे काभ्रेको पाँचखाल नगरपालिका– ४ बोहोरे दोभान भन्ने ठाउँमा प्रहरीले ५ राउण्ड गोली चलाएको हो।

आफूहरुमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट पाँच राउण्ड गोली चलाइएको प्रहरी निरीक्षक रविराज थपलियाले बताए।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिनोद तामाङलाई पक्राउ गरेको छ। उनीबाट २५ हजार नक्कली डलर र बा ७२ प ३०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। अन्य व्यक्तिहरु भागेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement