नेकपाको विवाद चर्किरहेका बेला चिनियाँ उपमन्त्री नेपाल आउँदै


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युष्निट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् ।

उपमन्त्री गुओसहितको टोली आइतबार काठमाण्डु अवतरण गर्ने भएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरुसँग भेट गरेर उनको भ्रमणबारे जानकारी गराएको स्रोतले जानकारी दियो ।

उपमन्त्री गुओको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । भेटका क्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेट गर्ने बुझिएको छ ।

राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।

उनले नेकपाभित्रको विवादबारे सबै नेताहरुसँग गहन छलफल गरेकी थिइन् । राजदूत यान्छीले नेकपाभित्रको विवाद समाधानका लागि सक्रियत भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement