एक लाख १० हजार घुस रकमसहित एकै गाउँपालिकाका २ कर्मचारी पक्राउ


पर्सा –  पर्साको धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बालाई एक लाख १० हजार घुससहित अख्तियारले रंगेहात प्रकाउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । प्रकाउ गरी थप अनुसनधान भइरहेको  अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement