पूर्व राजा शाहको शुभकामना सन्देश : देश र जनतामाथि कुनै प्रकारको घात हुनु हुँदैन


काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतामाथि कुनै पनि प्रकारको घात गर्न नहुने बताएका छन् ।

बडादशैंको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्ने जनाएका छन् ।

उनले भनेका छन्, ‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन, हाम्रो यही चाहना हो ।’

नेपालमा गणतन्त्र आएदेखि नेपालीहरूमा उत्साह र हर्ष नभएको भन्दै त्यतातर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

उनले भने, ‘डेढ दशक यताका अवधिमा नेपाली उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ । विदेशिएका र देशमै रहेबसेका दुवै थरीमा बिछोडको पीडा छ । महंगी, रोग, शोक र भोकको ताप छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement